News

Jan 29, 2011

काठमाडौंमा इन्काउन्टर टोली गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजधानीमा साना हतियारको प्रयोग नियन्त्रण गर्न महानगरीय प्रहरी परिसर काठमाडौंले इन्काउन्टर टोली गठन गरेको छ । प्रहरी निरीक्षकको कमाण्डमा 'स्पेशल स्क्वाएड' गठन गरी साना हतियार र संगठित अपराध केन्द्रित अप्रेशन सुरु गरिएको हो । टोलीलाई आवश्यक परेका बेला अधिकतम बल प्रयोग गर्ने अधिकार दिइएको छ । प्रहरीस्रोतका अनुसार आधुनिक हतियारले सुसज्जित १५ सदस्यीय सो टोलीले आवश्यकताअनुसार आफूसँग रहेको हतियार प्रयोग गर्न सक्ने छ । टोलीमा आवश्यकताअनुसार सादा पोशाक र युनिर्फमसहित दुबै प्रकृतिका प्रहरी परिचालित हुनेछन् । काठमाडौंमा सबैभन्दा धेरै साना हतियारको प्रयोग हुने गरेको देखिएकाले नियन्त्रणका लागि स्क्वाएड गठन गरिएको एसपी पुष्कर कार्कीले जानकारी दिनुभएको छ । साथै प्रहरीले राजधानीका विभिन्न सुरक्षा संवेदनशिल स्थानहरुमा सिसिटीभि क्यामरा पनि थप गर्दै छ ।

No comments: