News

Jan 21, 2011

रिहाईका लागि पहल गरिदिन सरकारलाई अनुरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कतारमा जेल सजायँ भोगिरहेका सिराहाका ४२ बर्षिय चन्द्रशेखर यादवको रिहाईका लागि पहल गरिदिन उनका आफन्तले सरकारलाई अनुरोध गरेका छन् । बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गरी यादवका आफन्तले सो आग्रह गरेका हुन् । यादव सात बर्षअघिदेखी दोहामा जेल सजायं भोगिरहेका छन् । इण्डोनेशियाली एक युवतीलाई बलात्कार पछि हत्या गरेको अभियोगमा त्यहाँको प्रहरीले यादवलाई पक्राउ गरी जेल चलान गरेको थियो । यादवको तर्फबाट दोहाकी वकिल मुना अब्दुर रहीमले मुद्दा लडेकी थिइन् । त्यसबेला दोहा अदालतले यादवलाई मृत्युदण्डको फैसला सुनाएको भएपनि गत डिसेम्बरमा त्यहांको सरकारले मृत्युदण्डलाई कैदमा परिवर्तन गरेको थियो । वकिल रहीमको पहलमा मृत्युदण्डको मुद्दा कैदमा परिवर्तन भएछ यसमा मलाई खुशी लाग्यो पत्रकार सम्मेलनमा कांग्रेस नेतृ चित्रलेखा यादवले भनिन् अब वकिल रहीमले यादवको पुरै कैद मिनाहा गर्न दोहा सरकार सँग कुरा गरिदिनुहुनेछ भन्ने बिश्वास लागेको छ ।
त्यहांको सरकारले उनलाई १५ बर्षको कैद सजायं दिने घोषणा गरिसकेको छ । उनले जेल भोगेको ७ बर्ष र बाँंकी ८ बर्षगरी १५ बर्षे कैदको घोषणा भएको थियो- यादवका छिमेकी मुख्तर यादवले भने-यदी हाम्रँे सरकारले नेपाली दूतावास दोहामार्फत् दोहा सरकारलाई अनुरोध गर् यो भने अबको बाँकी सजायं पनि माफी हुनेथियो । यादवका आफन्तले मृत्युदण्डको सजायं भोगिरहेका यादवको मुद्दा कैद सजायँ मा परिणत गर्न सफल वकिल रहीमको सम्मानमा एक कार्यक्रम पनि गरे ।
सम्मान कार्यक्रममा वकिल रहीमले उनलाई मृत्युदण्डको सजायँबाट उन्मुक्त गराउन सफल भएको आफू गौरवान्वित भएको बताइन् । नेपाल सरकार बैदेशिक रोजगार प्रबर्धन बोर्डले वकिललाई खर्चबापत २० हजार कतारी रियाल यसअघि नै उपलब्ध गराइसकेको छिमेकी यादवले बताए । यादवद्वारा बलात्कारपछि हत्या गरिएकी भनिएकी इण्डोनेशीयाली युवती हाल आफ्नै मुलुकमा फर्किएको पुष्टि भएपछि उनीमाथी बलात्कारको मात्रै मुद्दा बाँकी रहेको बताइएको छ ।

No comments: