News

Jan 10, 2011

एमाले स्थायी समितिको बैठक बस्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री चयन र पार्टीको धारणाबारे छलफल गर्न नेकपा एमालेको स्थायी समितिको बैठक आज बस्दैछ । स्थायी समिति बैठकमा प्रधानमन्त्रीको १७ औं पटकको चुनाव अरु दलसँगको नयाँ सहमति र छलफल र पार्टीको आन्तरिक विषयमा कुराकानी हुने पनि सचिव युवराज ज्ञवालीले बताउनुभयो । आजको बैठकमा हिजो स्थगित भएको केन्द्रीय समितिको बैठकको मिति तय गर्ने बारेमा पनि छलफल हुने छ । नेकपा एमाले केन्द्रीय कमिटीको आइतबार बस्ने भनिएको बैठक स्थगित भयो । सरकार गठन लगायतका विषयमा दलहरुबीच थप छलफल गरेर मात्र निर्णय लिनु पर्ने भएकाले केन्द्रीय कमिटी बैठक स्थगित गरिएको बैवल्पिक केन्द्रीय सदस्य एवं कार्यालय सचिव गंगाधर तुलाधरले जानकारी दिनुभयो । केन्द्रीय कमिटीको बैठकको मिति तय गर्न एमाले स्थायी समितिको बैठक सोमबार बस्नेछ ।केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री निर्वाचन, संसदको हिउँदे अधिवेशनमा पार्टीको भुमिका, शान्ति प्रक्रिया, संविधान निर्माणलगायत विषयमा छलफल गर्ने कार्यसुची थियो ।

No comments: