लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा माले समाजवादीलाई संविधासभामा दलको मान्यता दिएकोविरुद्ध माले महासचिब सीपी मैनालीले सर्बोच्चमा रिट दायर गर्नुभएको छ । माले समाजवादीसँग सभासदको संख्या चालिस प्रतिशत भए पनि केन्द्रीय समितिको संख्या चालिस प्रतिशत नभएकोले दलको मान्यता खारेज गर्न माग गर्दै मैनालीले रिट दायर गर्नुभएको हो । संविधानसभा सदस्य निर्बाचन ऐन २०६४ ले चालिस प्रतिशत सभासद भएमा र निर्वाचन आयोग ऐन २०६४ ले कुनै पनि दलको केन्द्रीय सदस्यहरुको चालिस प्रतिशत सदस्य अलग भएमा अर्को दलको मान्यता पाउने व्यवस्था गरेको छ । महासचिब मैनालीले अन्तरिम संविधानसँग दल त्याग संबन्धी नियमावली नै बाझिएको दावीसहित रिट दायर गर्नुभएको छ । सर्बोच्चका प्रवक्ता श्रीकान्त पौडेलले रिटमा भोली पेशी हुने जानकारी दिनुभयो । नेकपा मालेका नौंजना सभासदमध्ये चारजनाले जगतबहादुर बोगटीको नेतृत्वमा माले समाजवादी गठन गरेका थिए ।
No comments:
Post a Comment