News

Jan 30, 2011

सवैधानिक समितिद्वारा माओवादीसँग परामर्श

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सवैधानिक समितिले एकीकृत नेकपा माओवादीसँग नयाँ संविधानमा देखिएको विवाद र प्रारम्भिक मस्यौदा लेखनका बिषयमा परामर्श गरेको छ । आइतबार विहान सिंहदरबारमा भएको परामर्शमा सहमतिका बिषयमा एकीकृत मस्यौदा तयार गर्ने काम सुरु गर्दै जाने विषयमा छलफल भएको छ । नयाँ संविधानमा रहने बिषयबारे दलहरुबीच सहमति भइसकेका र हुन बाँकी बिषयगत समितिका सातवटा प्रतिवेदनका बारेमा छलफल भएको माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । छलफलमा माओवादीका उपाध्यक्षद्वय डा.बाबुराम भट्टराई, प्रकाश तथा स्थायी समिति सदस्य देव गुरुङको सहभागीता थियो । नयाँ संविधानमा रहने बिषयबारे दलहरुबीच सहमति भइसकेका र हुन बाँकी बिषयगत समितिका सातवटा प्रतिवेदनमा छलफलका लागि संविधानसभाले केहि दिन अघि संवैधानिक समितिमा पठाएको थियो । शनिबार संवैधानिक समितिले संविधानिक कानुनका ज्ञाताहरुसँग परामर्श गरेको थियो ।

No comments: