News

Jan 22, 2011

सामान भेटिएपनि फ्रान्सेली चालक अझै बेपत्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्यटन बर्ष २०११ को प्रबर्द्धनका लागि नेपालमै पहिलोपटक आयोजना गरिएको हिमालयन प्यारामोटर यात्रा २०११ मा सहभागी फ्रान्सेली पाईलटको अवस्था अझै अज्ञात रहेको छ । शुक्रबारदेखि बेपत्ता प्यारामोटरको सामान आइतबार विहान हेलिकोप्टरबाट देखिए पनि फ्रान्सेली पाईलट भने अझै फेला परेका छैनन् ।
नेपाल हवाई खेलकुद संस्थाका सदस्य बसन्तराज दवाडीका अनुसार डेभिडले उडाएको प्यारामोटर, लगेजसहितका सामानहरु कास्कीको माछापुच्छ्रे गाविसको खुमई भन्दा झण्डै दुईसय मिटर तल भलौदी खेालाको अनकन्टार जंगलमा देखिएको हो । डेभिड शुक्रबार दिउँसो साढे ११ बजे पामेबाट उडेर अपरान्ह साढे तीनदेखि ४ बजेको बीचमा अज्ञातस्थलमा ल्याण्ड गरेको प्रहरीले जनाएको छ । डेभिड पोखराबाट पश्चिम पामेबाट अन्नपुर्ण तथा माछापुच्छ्रेलगायतका हिमश्रृंखला हेर्न कास्कीको माछापुच्छ्रे गाविसतर्फ उडेका थिए ।

No comments: