News

Jan 11, 2011

अध्यक्ष सुवास नेम्वाङलाई सर्वोच्चको आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी माले फुटाउने संविधानसभाका सदस्यलाई सो पदबाट नहटाउनाका कारण पठाउन सोमबार सर्वोच्च अदालतले सो सभाका अध्यक्ष सुवास नेम्वाङलाई आदेश दिएको छ। न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पठाउन अध्यक्ष नेम्वाङलाई आदेश दिएको हो। संविधानसभाका सदस्यहरु यदुवंश झा तिलकबहादुर थापा मगर शारदा नेपाली र गणेशप्रसाद चौधरीले मालेबाट फुटी नेपाल कम्युनिस्ट पार्टी माले-समाजवादी नामक पार्टी गठन गरेका थिए।सो पार्टी फुटाएपछि मालेका अध्यक्ष चन्द्रप्रकाश मैनालीले सभामुख नेम्वाङलाई उनीहरुलाई सांसद पदबाट हटाउन आग्रह गर्नुभएको थियो। सभामुखले त्यसमा कुनै कारबाही नगरेपछि मैनालीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो।

No comments: