News

Jan 7, 2011

गोर्खा जनमुक्तिद्वारा दार्जिलिङमा बन्दको कार्यक्रम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिलिगुडी-, पुस २३ - गोर्खा जनमुक्ति मोर्चाले अन्तरिम व्यवस्था गठनमा केन्द्र र राज्य सरकारले आलटाल गरेको निश्कर्ष निकाल्दै अन्तरिम व्यवस्था गठनको माग छाडेर आफ्नो पुरानै माग गोर्खाल्याण्ड निर्माणको माग गर्दै दार्जिलिङमा श्रृंखलावद्ध बन्दको कार्यक्रम सार्वजनिक गरेको छ । मोर्चाका महासचिव रोशन गिरी र प्रचार सचिव हर्क क्षेत्रीले विहीवार पत्रकार सम्मेलन गरी वन्दको कार्यक्रम सार्वजनिक गरेका हुन् । केन्द्र सरकारलाई दवाव सिर्जना गर्न यसो गरिएको क्षेत्रीले जानकारी दिए । भारतकै आन्द्रप्रदेशमा अलग राज्य तेलंगानाको माग लिएर आन्दोलन जारी छ । विहीवार तेलंगाना राज्य गठनवारे वनेको आयोगले सरकारलाई प्रतिवेदन वुझाएको छ । तेलंगनाको सोही प्रतिवेदनलाई आधार मानेर मोर्चाले वन्द आव्हान गरेको हो ।
मोर्चाका महासचिव गिरीले पत्रकार सम्मेलनमा भने,' तेलंगाना राज्य गठन हुन्छ भने गोर्खाल्याण्ड पनि गठन हुनुपर्छ भन्ने हाम्रो माग हो ।' मोर्चाले आउदो १२ जनवरीदेखि १६ फरवरीसम्म दिन विराएर वन्द आव्हान गर्ने जनाएको छ । त्यसपछि पनि मागप्रति सरकारले चासो नदिए १६ फेव्रुअरीदेखि मोर्चाका अध्यक्ष विमल गुरुङसहितको नेतृत्वगण आमरण अनसनमा वस्ने जनाइएको छ । मोर्चाले १२ देखि १५ जनवरीसम्म लगातार ३ दिन प्रस्तावित गोर्खाल्याण्ड क्षेत्र वन्द गर्ने छ । त्यस्तै १८ देखि २५ जनवरीसम्म ८ दिन तथा २९ जनवरीदेखि १२ फेव्रुअरीसम्म १५ दिन वन्द गरिने जनाइएको छ । त्यसपछि मोर्चा नेतृत्व अनसनमा वस्ने छ । मोर्चाले आगामी आन्दोलनका कारण जनवरी ११ भित्रमा पहाड छाड्न पर्यटकलाई आव्हान गरेको छ ।

No comments: