News

Jan 16, 2011

राष्ट्रिय झण्डा परिवर्तन नहुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २ - अहिलेकै राष्ट्रिय झण्डालाई नयाँ संविधानमा मान्यता दिन प्रमुख तीन दल सहमत भएका छन् । माओवादीले राष्ट्रिय झण्डा परिवर्तन हुनुपर्ने अडान राख्दै आएको थियो ।माओवादी,कांग्रेस र एमालेबीच आइतबार सिंहदरवारमा बसेको बैठकले अहिलेको राष्ट्रिय झण्डाको रंग आकार प्रकारलाई जनआन्दोलनबाट प्राप्त सफलताहरुसंग व्याख्या गर्ने सहमति गरेको छ । कांग्रेस नेता रामचन्द्र पौडेलले झण्डाको रंग आकार प्रकारमा कनै परिवर्तन नगरी त्यसलाई जनआन्दोलनको सफलतासंग व्याख्या गरिने सहमति भएको बताए । बैठकले निर्वाचनमा भाग लिएका सबै दललाई राष्ट्रिय मान्यता प्राप्त दल भन्ने सहमति समेत गरेको छ । अहिले निर्वाचनमा ३ प्रतिशत मत ल्याउने दल मात्र राष्ट्रिय दल मानिने संवैधानिक व्यवस्था रहेको छ । अल्पसंख्यक तथा पिछिडिएका जात जातीसंग जोडिएका दलले पनि निर्वाचनमा भाग लिन पाओस भनेर यस्तो व्यस्था गर्न लागिएको पौडेलले संवाददाताहरुसंग भने । तीन दलले गरेको सहमति बारे २८ दलको बैठकमा थप छलफल गरिनेछ ।

No comments: