News

Jan 29, 2011

नेपाली सेनाले दिएको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ १५ - माओवादीले लडाकु समायोजन सम्बन्धमा नेपाली सेनाले दिएको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । नेपाली सेनाले लडाकु समायोजनको मापदण्ड तोक्न नमिल्ने भन्दै माओवादीले यस्ता अभिव्यक्तिले शान्ति प्रक्रियालाई अप्ठयारोमा पार्न सक्ने चेतावनी दिएको छ । नेपाली सेनाले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी अन्तरिम संविधान, शान्ति सम्झौता, हतियार र सेनाको अनुगमन सम्झौता तथा हालसम्म भएको सहमतिहरुका आधारमा समायोजनको बृहत खाँका आउनेमा आफु बिश्वस्त रहेको उल्लेख गरेका थिए । साथै सेनाले विशेष समितिले काम गरी रहेको थप टिप्पणी गर्न आवश्यक नभएको जनाएका थियो । शनिबार रेडियो कान्तिपुरसंग कुरा गर्दै माओवादी प्रवक्ता दीनानाथ शर्माले शान्ति प्रक्रियाकै महत्वपूर्ण अंग रहेको लडाकुको समायोजन र पुनस्थापनाबारे दलहरुबीच सहमतिको प्रयास भईरहेकै बेला सेनाबाट पछिल्लो आएको अभिव्यक्ति उपयुक्त नभएको टिप्पणी गरे । उनले भने,‘लडाकु समायोजनको मुद्दा नितान्त राजनीतिक विषय हो, राज्यको अंगले अनावश्यक राजनीतिक टिका टिप्पणी गर्न मिल्दैन । शान्ति प्रक्रियामा नेपाली सेनाले रचनात्मक भूमिका खेलोस भन्ने आम्रो चाहाना हो ।’

No comments: