News

Jan 12, 2011

पौडेलले उम्मेदवारी फिर्ता लिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २८ - १६ पटकसम्म निर्वाचित हुन नसकेका कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले १७ औं चरणको प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी फिर्ता लिने भएका छन् । यसबारे औपचारिक निर्णय गर्न कांग्रेस केन्द्रीय समितिको बैठक संविधानसभा भवन नयाँ बानेश्वरमा बस्दैछ । गठबन्धनको दल एमाले र संविधानसभाको सवैभन्दा ठूलो दल माओवादीले विपक्षमा मतदान गर्ने निर्णयमा अडान नछाडेपछि पौडेलले उम्मेदवारी फिर्ता लिने मनस्थिति बनाएका हुन् । सहयोगको आश्वासन दिने प्रधानमन्त्री माधवकुमार नेपालले समेत आफ्नो प्रयास सफल हुन नसकेको जनाउँदै उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि कांग्रेसले उम्मेदवारी फिर्ता लिने तयारी गरेको स्रोतले बताएको छ । कांग्रेसको मागप्रति सभामुख सुवासचन्द्र नेम्वाङ र प्रमुख दलले स्वीकार नगरेपछि नयाँ रणनीति तय गर्न बैठक बस्न लागेको कांग्रेस केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए । कांग्रेसले कार्यव्यवस्था परामर्स समितिको बैठकमा बिहीबारसम्मका लागि चुनाव सार्न माग गरेको थियो ।

No comments: