लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२३ पुस : पर्यटन वर्ष २०११ सचिवालयले जनवरी १४ मा हुने पर्यटन वर्षको औपचारिक उद्घाटन कार्यक्रम तयारी पूरा गरेको छ । दशरथ रंगशालामा हुने औपचारिक कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादवले नेपाल पर्यटन वर्ष २०११ को उद्घाटन गर्नेछन् । त्यस्तै, प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल पर्यटन वर्ष २०११ को राष्ट्रिय अभियान औपचारिक प्रारम्भ भएको घोषणा गर्नेछन् । कार्यक्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का पर्यटनमन्त्री, केही एसियाली राष्ट्रका उच्चपदस्थ प्रतिनिधि, संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (युएन, डब्लुटिओ)का महासचिवलगायत विशिष्ट व्यक्ति सहभागी हुने सचिवालयले जनाएको छ । 'समृद्धिका लागि पर्यटन' नाराका साथ प्रारम्भ हुने पर्यटन वर्षको औपचारिक सुरुवात अवसरमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ तथा ६ सय १ सभासद्ले पर्यटन वर्षप्रति प्रतिबद्धता जनाउने पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समितिका संयोजक योगेन्द्र शाक्यले जानकारी दिए । पर्यटन वर्षको उद्घाटनका दिन सार्वजनिक बिदाका लागि सरकारलाई आग्रह गरिएको उनले बताए । प्रत्येक जिल्लामा कार्यक्रम गर्न प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरिएको उनको भनाइ थियो । रंगशाला उद्घाटनका लागि ६३ लाख र सार्क मन्त्रीका लागि ५० लाख छुट्याइएको बोर्डले जनाएको छ ।
पर्यटन वर्ष अभियान सफल पार्न पर्यटनमन्त्रीको अध्यक्षतामा नेपाल पर्यटन वर्ष २०११ मूल आयोजक समिति र शाक्यको संयोजकत्वमा कार्यान्वयन समिति गठन गरिएको छ ।
पर्यटन वर्ष अभियान सफल पार्न पर्यटनमन्त्रीको अध्यक्षतामा नेपाल पर्यटन वर्ष २०११ मूल आयोजक समिति र शाक्यको संयोजकत्वमा कार्यान्वयन समिति गठन गरिएको छ ।
No comments:
Post a Comment