News

Jan 13, 2011

राष्ट्रसंघीय मिसन अन्मिनलाई पुनः पत्रचार गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले माओवादी लडाकूको हतियार सेना समायोजन विशेष समितिलाई बुझाउन नेपालस्थित राष्ट्रसंघीय मिसन अन्मिनलाई पुनः पत्रचार गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले गरेको निर्णयलाई नै उदृत गर्दै हतियार बुझाउन अन्मिनलाई पत्रचार गर्ने निर्णय गरेको हो । एक पक्षिय रुपमा सरकारले हतियार माग्दैमा दिन नसकिने अन्मिन प्रमुख करिन लनग्रेनको भनाईपछि सरकारले माओवादी नेतृत्वको सरकारले गरेको निर्णयलाई उदृत गर्दै हतियार बुझाउन अन्मिनलाई पत्रचार गर्ने निर्णय गरेको हो । प्रचण्ड नेतृत्वको सरकारले लडाकु र हतियारलाई विशेष समितिको मातहतमा ल्याउने निर्णय गरेको थियो ।

No comments: