News

Jan 19, 2011

फेसबुकले इमेल सेवा घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फेसबुकले इमेल सेवा घोषणा गरेको छ । बजारी हल्लाहरुकाबीच क्यालिफोर्नियामा आयोजित पत्रकार सम्मेलनमा फेसबुक प्रमूख मार्क जकरबर्गले इमेल सेवाको घोषणा गरेका हुन् । तर फेसबुकले इमेललाई हाल फेसबुकमा रहेको ‘मेसेज’ मै समाहित गर्नेछ । हरेक फेसबुक प्रयोगकर्ताले पुछारमा @facebook.com जोडिएको इमेल ठेगाना पनि पाउने छन् । यो नयाँ सेवामार्फत एसएमएस, च्याट र इमेल तीन वटै सुविधा प्रयोग गरी सन्देश पठाउन सकिने फेसबुकले जनाएको छ । फेसबुकले सबै प्रयोगकर्तालाई बिस्तारै यो सेवा उपलब्ध गराउने बताएको छ । तर यहाँ गएर तुरुन्तै यो सेवाको लागि रिक्वेस्ट पनि गर्न सकिन्छ ।प्रतिस्पर्धी कम्पनीहरु गुगल, याहु र माइक्रोसफ्टका इमेल सेवालाई धक्का दिन फेसबुकले यो कदम चालेको विश्लेषकहरुले बताएका छन् । तर फेसबुक प्रमूख मार्क जकरबर्गले भने यो सेवा ‘जिमेल किलर’ होस् भनेर आफूले अपेक्षा नगरेको बताए । ‘हामी यो चाहँदैनौं कि कुनै व्यक्तिले विहान उठ्ने बित्तिकै आफ्नै जिमेल एकाउन्ट बन्द गरेको घोषणा गरोस् । १५ जना इन्जिनियर फेसबुकले यो नयाँ मेसेजिङ सेवाको लागि अहिलेसम्मकै सबैभन्दा धेरै इन्जिनियर (१५ जना) खटेको दाबी गरेको छ । यसअघि फेसबुकका अन्य कुनै पनि निर्माणमा यति धेरै इन्जिनियरले समय नदिएको फेसबुकको भनाइ छ ।के छ फेसबुक इमेलमा?हुन त फेसबुकले यो सेवालाई ‘इमेल’ नाम दिएको छैन । फेसबुकले यो सुविधा छिटो र सरल हुने दाबी गरेको छ ।

No comments: