News

Jan 25, 2011

माओवादीलाई सेना समायोजन नभई नेतृत्व नदिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेतृत्वको विषयमा सबै विकल्प खुल्ला राख्नेमा सहमति गरेका प्रमुख ठूला तीन दल मध्येका दुई दल नेपाली काग्रेस र नेकपा एमालले फेरि सेना समायोजना र पुर्नस्थापनाको प्रक्रिया सुरु नहुन्जेलसम्म माओवादीको नेतृत्वमा सरकार बन्न नसक्ने ठहर गरेका छन् । दुई दलका शिर्ष नेताहरुको आज बसेको बैठकमा माओवादीलाई नेतृत्व दिने समय भईनसकेको भन्दै काग्रेस र एमाले मध्ये एक दलले आगामि सरकारको नेतृत्व गर्नु पर्ने निश्कर्ष निकालेको एमाले नेता प्रदिप ज्ञावलीले जानकारी दिए ।
उनका अनुसार बैठकमा काग्रेस र एमाले मध्ये जसको नेतृत्वले माओवादीको समर्थन प्राप्त गर्न सक्छ उसैको नेतृत्वमा सहमतिको सरकार बनाउने सहमति पनि भएको छ । जसमा बहुमतीय प्रणालीमा जादा पनि सोही प्रक्रियाबाट अगाडि बढने सहमति भएको छ । बैठकपछि नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले सहमतिको सरकारबाटै मुलुकले निकास पाउने भएकोले सहमतिको सरकार कै लागी प्रयास गर्नु पर्ने बताउनुभयो । अर्का काग्रेस नेता रामशरण महतले एमालेसँगको छलफल सकारात्मक निकास तिर अगाडि बढेको बताउनुभयो । सरकारको नेतृत्वको दावी गर्दै आएको काग्रेसले आजै अपरान्ह चारबजे माओवादीसँग सत्ता साझेदारीको विषयमा छलफल गर्दैछ ।

No comments: