News

Jan 19, 2011

नेपालीलाई अर्को एउटा अनौठो विश्व किर्तिमान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युयोर्क, माघ ५ - एउटा अनौठो विश्व किर्तिमानमा नेपाल नामाकिंत भएको छ । दुई नेपाली किशोरहरुले लगातार ३३ घण्टा हात मिलाएर (हयान्ड सेकिङ ) विश्व किर्तिमान कायम गरेका छन् । काठमाडौं धर्मस्थलीका रोहित तिमिल्सिना र उनका सहोदर भाइ सन्तोष तिमिल्सिनाले न्युयोकको टाईम्स स्क्वायरको प्रतिस्पर्धामा न्युजिल्याण्डका अलस्टेयर गाल्पिन र डन पुडोर्नको जोडीसंग बराबर हुँदै सो विश्व किर्तिमान राखेका छन् । नेपाली टोलीका संयोजक चन्द्रप्रकाश शर्माले इकान्तिपुरलाई दिएको जानकारी अनुसार दुवै टोलीले आफुहरुलाई घाटा नहुने जनाएपछि आयोजकले प्रतिस्पर्धालाई बराबरीमा टुङगाएको थियो ।
हयान्ड सेकिङले पन्ध्र घण्टा नाघेपछि दुवै टोलीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाण दिईएको छ । विजेता रोहितले भने- 'मुलुकलाई विश्व माझ चिनाउने हाम्रो प्रयास सफल भएको छ ।' वर्ल्ड लनगेस्ट हयाण्ड सेक २०११ नाम दिईएको प्रतिस्पर्धामा चार टोलीबाट फाईनलमा दुई टोली पुगेका थिए । प्रतिस्पर्धा गत शुक्रबार राती बाट शुरु भएर ३३ घण्टा पछि आईतबार समाप्त भएको थियो । हात मिलाईरहेको नेपाली टोलीलाई हौसला दिन न्युयोर्कबासी नेपालीहरुको पनि उपस्थित थियो भने कार्यक्रमलाई स्थानीय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । कठाङ्ग्रिदो जाडो मौसममा हात मिलाईरहेको नेपाली जोडीलाई नेपालीहरुले मम लगायत खानपिन आफैले खुवाएका थिए । यसैबर्ष विश्वकै सबैभन्दा साना मानिको बिश्व किर्तिमान नेपालकै खगेन्द्र थापा मगरले हात पारेका थिए ।

No comments: