News

Jan 21, 2011

सरकार निर्माणका लागि ५ दिनको समय थप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री चयनकालागि दिईएको समय सिमा सकिनै लाग्दा राष्ट्रपति डाक्टर रामवरण यादवले सहमतिको सरकार निर्माणका लागि ५ दिनको समय थप गर्नुभएको छ । संविधानसभामा प्रतिनिधित्व गर्ने २८ दलको आग्रहमा राष्ट्रपति यादवले आज ५ दिन थप गर्नुभएको हो । यसअघि माघ १ गते राष्ट्रपति यादवले सहमतिय सरकार निर्माणका लागि एक हप्ते समयसीमा दिनुभएको थियो । राष्ट्रपतिले दिएको एक हप्ते समयसीमामा सरकार बनाउन नसकेपछि राष्ट्रपतिले फेरी म्याद थप गर्नुभएको हो ।संविधानसभामा प्रतिनिधित्व गर्ने २८ दलले सहमतिको सरकार गठन गर्न एक साताको समय पर्याप्त नभएको भन्दै पाँच दिन समयावधि थप गर्न राष्ट्रपतिलाई पत्र बुझाएका थिए । मुख्य तीन दल माओवादी कांग्रेस र एमाललॆ सहमतीय सरकार गठनका लागि भइरहेको पहल सकरात्मक भएको वताएपछि २८ दलको वैठकले ५ दिन समय माग गर्न राष्ट्रपतिलाई आग्रह गरेका हुन ।

No comments: