News

Jan 18, 2011

ब्लुबुक र सवारी चालक अनुमतिपत्रका लागि नयाँ व्यवस्था

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार गर्न र ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई कारबाहीको दायरामा ल्याउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले गल्ती गर्ने सवारी चालकहरुले बैंकमा राजस्व जम्मा गरेपछि मात्रै सवारीचालक अनुमती पत्र तथा ब्लुबुक लिन पाउने नयाँ व्यवस्था गर्न लागेको छ। सवारी नियम उल्लंघन गर्ने सवारी चालकहरुले ट्राफिक प्रहरीले लाइसेन्स तथा ब्लुबुक लिएमा सोस्र-फोस्र लगाएर थोरै रकम तिरेर महाशाखाबाट लिने प्रवृत्ति बढेपछि तोकिएको जरिवाना तिराउन महाशाखाले बैंकमा जरिवाना तिर्ने र बैंक भौचर लिएर आएपछि मात्रै महाशाखाले ब्लुबुक तथा लाइसेन्स दिने नियम कायम गर्न लागेको हो।महाशाखाले उपत्यकाका विभिन्न बैंकहरुमा सवारी नियम उल्लंघन गर्ने सवारी चालकहरुका लागि राजस्व बुझाउने काउन्टर साचालन गरिदिने र तोकिएको रकम जरिवाना तिरेर आएपछि मात्रै लाइसेन्स तथा ब्लुबुक दिने नियम बनाउन लागेको महाशाखा प्रमुख प्रहरी नायब महानिरीक्षक विज्ञानराज शर्माले जानकारी दिनुभयो।सवारी नियम उल्लंघन गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन र राजस्व वृद्धी गर्नका लागि उक्त नियम ल्याउन लागेको उहाँले जानकारी दिनुभयो। कारबाहीमा पर्ने सवारी चालकहरुले फॊस्र लगाएर तोकिएको जरिवाना नतिर्ने र पटकपटक गल्ती गर्ने प्रवृत्ति बढेपछि महाशाखाले उक्त नियम ल्याउन लागेको हो।

No comments: