लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली पासपोर्टसहितको मानव तस्करको गिरोह नयाँ दिल्लीमा पक्राऊ परेका छन् । एक नेपाली सहितका पाँचजना शुक्रबार पक्राऊ परेका हुन् । नयाँ दिल्ली प्रहरीका अनुसार पक्राऊ पर्ने नेपाली पवन खड्का रहेका छन् । उनको साथबाट १२ वटा नेपाली पासपोर्ट र भीसा स्टिकर समेत बरामद भएको छ । अन्यमा दुई बँगलादेशी र दुई भारतीय छन् । मानव तस्करको समूहले नेपाली बँगलादेशी र भारतीय नागरिकलाई अष्ट्रेलिया अफगानिस्तान र ल्याटिन अमेरिकी देशहरुमा गैरकानुनी रुपमा पुर् याउने गर्दथ्यो । उनीहरुमाथि थप अनुसन्धान अगाडि बढाइएको जनाइएको छ । भारत हुँदै मानव तस्करी बढिहरहेको चर्चा चलिरहँदा पछिल्लो घटनाले थप रहस्या खोल्ने देखिएको छ । नेपालमा मानव तस्करहरु नक्कली पासपोर्टको प्रयोग गरिरहेको खुलासा भइसकेको छ । परराष्ट्रमन्त्रालयका कर्मचारीनै तस्कर समूहसँग मिलेर काम गरिरहेको सार्वजनिक भइसकेको छ ।
No comments:
Post a Comment