लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुर्खेत, २५ पुस,सुर्खेतको दशरथपुरस्थित छैटौँ डिभिजन क्याम्पअन्तर्गत चारवटा बि्रगेडका दुई सय २१ जना माओवादी जनसेना अहिले प्रवेशिका परीक्षाको तयारीमा जुटेका छन् । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था जिटिजेडको विद्यालय विकास सहयोग कार्यक्रमअन्तर्गत डिभिजन मातहतका लडाकुले एसएलसी दिन लागेका हुन् । परीक्षा दिनेमा पूर्ण झरना स्मृति बि्रगेडका ६७, जित स्मृति बि्रगेडका ५१, पिली स्मृति बि्रगेडका ४३ र घोराही-सतबरिया स्मृति बि्रगेडका ६० जना रहेका छन् । मुख्य तीन विषय (अंगे्रजी, विज्ञान र गणित) लाई लक्षित गरी जिटिजेडले आपनै जनशक्तिमार्फत उनीहरूलाई अध्यापन गराइरहेको गणित शिक्षक कमलराज पाण्डेले बताए । अन्य विषय भने विद्यार्थी आफैले तयारी गरिरहेका छन् ।
लामो समयसम्म पढाइ छाडेकाहरूलाई पढाउँदा केही गाह्रो भए पनि विद्यार्थी स्वयं जिज्ञासु भएकाले अनुमान गरेजस्तो समस्या नभएको शिक्षक पाण्डेले जानकारी दिए । युद्धकालमा कक्षा आठदेखि १० को पढाइ छाडेका विद्यार्थी अहिले परीक्षाको तयारीमा रहेको उनले बताए । दस कक्षामा अध्ययन गर्दै गर्दा ०५६ सालमा माओवादी जनयुद्धमा होमिएकी साल्म-४ जाजरकोटकी मीना विसी यसपटकको परीक्षामा पास हुनेमा ढुक्क छिन् । पूर्ण झरना स्मृति बि्रगेडकी कम्पनी कमान्डरसमेत रहेकी विसीले भनिन्, 'त्यतिवेला देश र जनताका पक्षमा लड्नुपर्छ भनेर लडाइँमा होमिएर पढाइ छाडियो, तर शिक्षा त शिक्षा नै हो नि ! पढ्नैपर्ने रहेछ ।'
त्यस्तै, दैलेख डाँडापराजुल-२ का अर्का माओवादी जनसेना रेशम हमाल अहिले क्याम्पबाटै प्रवेशिका परीक्षा दिने वातावरण मिलेकोमा खुसी छन् । ०६० सालमा परीक्षाको तयारी गर्दै गर्दा सुरक्षाकर्मीद्वारा बुबाको हत्यापछि आफू युद्धमा होमिएको उनले बताए । त्यसपछि पढाइ अवरुद्ध भएका कारण परीक्षा दिन नपाए पनि अहिले परीक्षा दिने वातावरण बनेकोमा उनी हौसिएका छन् । उनले भने, 'यतिवेला क्याम्पभित्र अरू केही काम छैन, बन्दुक कुर्नुभन्दा पढ्न पाएकोमा म ज्यादै खुसी छु ।'

No comments:
Post a Comment