News

Jan 14, 2011

स्वः दिल बहादुरको मुद्धा उच्च अदालतमा ३ घण्टामै

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ,
१३ जनवरी - १७ मार्च २००९ मा हङकङ प्रहरीद्धारा हत्या गरिएका स्वः दिल बहादुर लिम्बूको मुद्धा हङकङ स्थित कोरनस्र कोर्टमा जम्मा ७६ दिन लामो समय सम्म सुनुवाईको अन्त्य पछि कोरनस्र कोर्टले स्वः दिल बहादुर लिम्बूको मृत्यू कानुन सम्मत भएको भन्ने फैसला गरेको थियो । तसर्थ मृतककी श्रीमति सोनि राईले उक्त फैसला कानुन सम्मत हुन सक्दैन भनि उनकी वकिल माईकल भिटल्रद्धारा उच्च अदालतमा पुनरावलोकनको लागि निबेदन गरेकी थिइन । उक्त मुद्धालाई पुनरावलोकन गर्न पाउने वा नपाउने भन्ने बिषयका लागि उक्त अदालतले जनवरी १२ देखि १४ २०११ सम्म उच्च अदालतको ९ तला कोर्टनम्बर १९ मा बिहान १० बजे देखि ४:३० सम्म दैनिक ३ दिन लगातार रुपमा सुनुवाई हुने आदेश गरेको थियो । सो अनुसार ३ दिन भनेर शुरु भएको सुनुवाई शुरुकै दिन करिब ३ घण्टा सम्म दुबै पक्षका वकिलहरुको बहस सुने पछि अदालतका न्यायधिश रेयेस्ले अब उप्रान्त सुनुवाईको आवश्यक नभएको र आज भएको सुनुवाईको निणर्य पछि सुनाउनॆ भन्नॆ जानकारी सोनि राईकी वकिल फिलिप डैकले बताउनु भयो ।
कोर्टमा उपस्थित नेपाली समुदायमा भने केहि समयको लागि अन्योलको स्थिति सृजना भएको थियो । अधिकांश उपस्थित नेपालीहरुले न्यायधिशद्धारा केहि समयका लागि सुनुवाई बिस्राम गरेको होला भनेर कोर्टरुमबाट बाहिएका थिए । केहि समय पछि अचानक मृतकको श्रीमतिकी पक्षका वकिल फिलिप डैकले जानकारी गराए अनुसार आजको सुनुवाई यहि समाप्त भएको र सुनुवाईको निणर्य करिब २ हप्ता भित्र फैसला सुनाउने जानकारी गराउनु भएको थियो । अन्त्यमा ३ दिनका लागि भनेर शुरु भएको सुनुवाई किन लगभग ३ घण्टामै मुद्धा सुनुवाई समाप्त हुनु अति दुःखदायी बाँच्ने अधिकारको हनन् सिङ्गो अल्पसंख्यकजातीहरुलाई अपहेलना गरेको र मानबअधिकार उपहास गरेको ठहर् याई स्वःदिल बहादुर सम्बन्धि संघर्ष संयोजक समिति हङकङ नेपाली महासंघको पहलमा तुरुन्त सर्बोच्च अदालतको ग्राउड फ्लरमा पत्रकार सम्मेलन गरि मृतककी श्रीमति सोनी राईले हङकङवासी आमसमुदायमा समचार सम्प्रेसन गर्नु भएको थियो । मृतककी श्रीमतिको तर्फबाट हङकङ नेपाली महासंघ तथा स्वः दिल बहादुर संघर्ष संयोजक समितिका निबर्तमान अध्यक्ष श्री हेम लिम्बूले गत अगष्त २०१० मा फिलिपिन्समा हङकङका नागरिकहरुको अपहरण काण्डमा परी ८ जनाको गोली हानी हत्या भएको घटनालाई जसरी हङकङ सरकारले कानुनी अनुसन्धान गरिरहेकोछ सोहि अनुसार स्वः लिम्बूको मुद्धालाई पनि समान द्धृष्टिकोणले अध्ययन गरिनु पर्ने र निष्पक्ष तथा पारदर्शिताको आधारमा न्यायिक सुनुवाई हुनु पर्ने उनले भनाई राखे । किन भने स्वः लिम्बू पनि हङकङका नागरिक भएकोले एक निर्दोष नागरिकलाई गोली हानी हत्या गर्नु विधिसम्मत हुन नसक्ने उनको भनाई थियो ।

No comments: