News

Jan 20, 2011

प्रत्येक जिल्लामा महिला न्यायाधिवक्ता हुनुपर्नेमा प्रधानमन्त्रीको जोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपालले आ-आफनो निकाय मातहतमा रहेका कार्यालयमा परेका उजुरीलाई प्रभावकारीरुपमा कार्यन्वयन गरे महिला हिंसाका घटनामा कमी आउने बताउनुभएको छ। लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय कार्ययोजना, सन् २०१०ले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री नेपालले न्याय क्षेत्रमा महिलाको पहुँच विस्तार गर्न प्रत्येक जिल्लामा महिला जिल्ला न्यायाधिवक्ता हुनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा गृहसचिव गोविन्द कुसुम, प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीले आफ्नो मातहतका महिला कर्मचारीलाई सबल र सक्षम बनाउन प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभएको थियो। कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष नैनकला थापाले महिलालाई दिने सुविधामा विभेद गरेकोले पनि महिला हिंसाले बढवा पाइरहेको बताउनुभयो। लैडिङ हिंसा विरुद्धको राष्ट्रिय कार्ययोजना अन्तरगत नै घरेलु हिंसा नियावली, २०६७ लागू भएको, कार्यस्थलमा हुने यौनजन्य हिंसा सम्बन्धि विधेयक संसदमा विचाराधीन रहेको, लैङिक हिंसा निवारण कोष नियमावली स्वीकृत भई कार्यान्वयनको चरणमा रहेकोलगायतका नीतिगत र कानूनी सुधार गरिएको कार्यक्रममा जानकारी गराइएको थियो।

No comments: