News

Jan 27, 2011

प्रधानमन्त्रीका लागि माघ २०,२२ र २३ गते निर्वाचन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ १३ - प्रधानमन्त्रीका लागि व्यवस्थापिका संसदमा माघ २०,२२ र २३ गते निर्वाचन हुने भएको छ । पहिलो पटकमा चयन नभए दोस्रो र त्यसमा पनि नभए तेस्रो तिथीमा निर्वाचन गरिने छ । संसदको कार्य व्यवस्था परामर्श समितिको बिहीबार बसेको बैठकले उक्त तिथी तोकेको हो । तोकीएको समयमा सहमतीय सरकार गठन गर्न दलहरु असफल भएपछि राष्ट्रिपति रामवरण यादवले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न संसदलाई बिहीबार पत्र लेखेपछि प्रधानमन्त्री निर्वाचनको तीन पटकका लागि एकैचोटी तिथी तोकिएको छ । बिहीबार संसद बैठकमा सभामुख सुवास नेम्वाङले राष्ट्रपतिबाट आएको पत्र पढेर सुनाउनुका साथै माघ २० गते १ बजेका लागि निर्वाचनको समय घोषणा गरेका छन् । माघ १९ गते प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गर्ने समय तोकिएको छ । नयाँ व्यवस्था अनुसार प्रधानमन्त्रीका सबै उम्मेदवारलाई एकैसाथ निर्णयार्थ पेश गरिनेछ ।यो व्यवस्था अनुसार कुनै दलले बहिष्कार नगरे बढीमा तीन पटक भित्रै प्रधानमन्त्री चयन हुनेछ । प्रधानमन्त्री निर्वाचनमा सभासद् तटस्थ बस्न र नियमानुसार सभामुखलाई पूर्व जानकारी गराएको अवस्थामा बाहेक अनुपस्थित हुन पाउने छैनन् । प्रस्तावित उम्मेद्वारमध्ये कुनै एकका पक्षमा मतदान गर्नुपर्ने बाध्यात्मक ब्यवस्था गरी निर्वाचनलाई परिणामुखी बनाउन खोजिएको छ ।

No comments: