News

Aug 6, 2011

मारिएका कार्यकर्तालाई शहिद घोषणा माग गर्दै प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इनरुवा, श्रावण २१ - कांग्रेस सुनसरीले देवानगञ्जको गोली काण्डमा मृत्यु भएका आफ्ना कार्यकर्ता सानु यादवलाई शहिद घोषणा र परिवारलाई क्षतिपूर्ति माग गर्दै शनिबार प्रदर्शन गरेको छ । कांग्रेसले घटनामा संलग्न प्रहरीलाई कारबाही गर्न माग गर्दै साँझ सदरमुकाम इनरुवा लगायतका वजारमा मसाल जुलस प्रदर्शन गरेको छ । कांग्रेस सुनसुरीले जिल्लाको सदरमुकाम इनरुवा, इटहरी, दुहवी र देवानगंजमा मसाल जुलुस प्रदर्शन गरेको हो । आइतबार सुनसरी जिल्ला वन्दको आहृवान गरेकाले सो वन्द सफल पार्न पुर्व सन्ध्यामा मसाल जुलुस प्रदर्शन गरेको हो । दुई दिनदेखि प्रशासन कार्यालय सुनसरीमा घेराउ गर्ने कार्य गर्दा समेत सरकारले सुनुवाई नगरेकाले तेस्रो दिन आन्दोलनको कार्यक्रम अन्तर्गत मसाल जुलुस गरेको नेपाली कांग्रेसका इनरुवा नगर सभापति राजन मेहताले बताए । गत साउन १३ गते भारत तिरवाट ल्याउँदै गरेको कपास प्रहरीले नियन्त्रणमा लिएपछि उत्पन्न विवादका क्रममा सुनसरीको देवानगञ्जमा प्रहरीले गोली चलाउँदा कांग्रेस कार्यकर्ता सानु यादवको मृत्यु भएको थियो । घटनापछि कांग्रेस सुनसरी आन्दोलित छ । घटनावारे गृह मन्त्रालय र नेपाली कांग्रेसले छुटाछुटै छानविन समिति गठन गरिसकेको छ । गत मंगलवारदेखि दुबै छानविन समितीले काम सुरु गरिसकेको छ ।

No comments: