लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण २२ - राजतन्त्र गयो, राजा पनि साधारण नागरिकसरह बने । तर यसले सिर्जना गरेको दायित्व अझै बाँकी छ । यसको मारमा पर्ने संस्था हो संस्थानहरूमध्ये सबैभन्दा कमजोरको सूचीमा पर्ने राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम । प्रसंग हो, पूर्वराजा ज्ञानेन्द्र शाहको अफ्रिकी मुलुकहरूको भ्रमण र नतिरिएको इन्धन शुल्क । पूर्वराजाको भ्रमणका लागि २०६२ कात्तिक २३ देखि मंसिर १४ सम्म निगमको एक सय ९० सिट क्षमताको बोइङ ७५७, जहाज चार्टर्ड गरिएको थियो । यसबापत सरकारले निगमलाई तिर्नुपर्ने करिब ५ करोड रुपैयाँ अझै बुझाएको छैन । यति मात्रै होइन, दुई मात्रै जहाज रहेको निगमको एउटालाई ज्ञानेन्द्रले लगेपछि अन्यन्त्र पनि उडान भर्न पाएन । 'जहाज चार्टर्डका लागि इन्धन शुल्क मात्र मागेका हौं,' निगमका उच्च अधिकारीले भने 'यसबापत चार करोड ८७ लाखको बिल छ ।' तत्कालीन राजासँग जहाजको भाडा भने मागिएको थिएन ।
No comments:
Post a Comment