लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/देबेन्द्र सम्बाहाम्फे
मंच सम्बध्द संघीय लिम्बुवान राज्य परिषद दक्षिण कोरियाले गंगा तुम्बाहम्फेको अध्यक्षतामा एघार सदस्यीय युबासंघ र कर्ण गुरूङको अद्यक्षतामा तीन सदस्यीय आर्थिक समिती गठन गरेको छ |गत आइतवार ओसन सिटीमा बसेको बैठकले दक्षिण कोरियामा रहेका लिम्बुवानबासी युबाहरुलाई संगठित बनाउन र पार्टीमा आर्थिक संकलन तथा परीक्षण गर्न उक्त समितिहरू गठन गरेको हो |साथै बैठकले कार्य समितिमा सामान्य हेरफेर र पदपूर्ती पनि गरेको छ | समितिको सचिब पद सम्हाल्दै आएका तुम्बाहाम्फेले युबा संघको नेतृत्व सम्हालेपछी रिक्त सचिब पदमा नन्दकुमार काम्बाङ (मिराप) ,कोषाध्यक्षमा प्रकाश लिङ्देन र थप सदस्यमा राम यक्पाङ्देनलाई मनोनयन गरिएको थियो | परिषदका अध्यक्ष नारद साम्मेखाम लिम्बुको अध्यक्षतामा भएको सो बैठकमा पार्टीको भाबी कार्यक्रम बारे पनि छलफल भएको थियो |
No comments:
Post a Comment