News

Aug 7, 2011

नेपाली कांग्रेसमा संघीयता र राज्यपुर्नसंरचनाबारेको बहस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाको दोस्रोपटक थप गरिएको समयसीमा समेत सकिन अब एक महिना भन्दा कम समय बाँकी छँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा संघीयता र राज्यपुर्नसंरचनाबारेको बहसले पहिलोचोटी प्रवेश पाएको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकमा त्यसबारे औपचारिक बहस सुरु भएको हो । बैठकमा उपसभापति एवम् संसदीय दलका नेता रामचन्द्र पौडेलले सामर्थ्य र पहिचानलाई आधार मानेर बाहिर ६ प्रदेश र राजधानीलाई १ प्रदेश मानेर संघीयतामा जान उपयुक्त हुने प्रस्ताव पेश गरेको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिनुभयो । पौडेलको प्रस्तावबारे केन्द्रीय सदस्य नरहरि आचार्यले थप व्याख्या गरेका थिए । केसीले भोलिको बैठकमा उक्त प्रस्तावका बारेमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने बताउनुभयो । यस्तै बैठकमा प्रधानमन्त्री झलनाथ खनालले संसदमा उपश्थित भएर राजीनामा दिने प्रतिबद्धता जनाए पार्टीले संसदमा जारी राखेको अवरोध हटाउन सकिने बारेमा पनि कुराकानी भएको नेता केसीले जानकारी दिुनभयो । यद्यपी,त्यसबारे कुनै निर्णय भने नभएको उहाँको भनाइ थियो बैठक सोमबार अपराहृन १ बजेका लागि पुनः डाकिएको छ ।

No comments: