लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ लिम्बू
२१ साउन २०६८,लिम्बुवान र गोरखाबीच वि. सं. १८३१ साउन २२ गतेका दिनसम्पन्न दुई पक्षीय सम्झौतालाई स्मरण गर्दै सोही ऐतिहासिक दिनको अवसरमा साउन २१ गते ''लिम्बुवान प्रदेश निर्माणमा १८३१ को लालमोहरको सान्दर्भिकता'' विषयक बृहत् नागरिक छलफल कार्यक्रम मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समितिको पान्थरको आयोजनामा फेदेन, पान्थर लिम्बुवानमा सम्पन्न भयो । संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति पान्थरका अध्यक्ष लाबाहाङ चेम्जोङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा परिषदका सचिवालय सदस्य दिलेन्द्र कुरुम्बाङले ''राज्य पुनःसंरचनाको वैज्ञानिक आधार र लिम्बुवान निर्माणको सवाल'' विषयक एक आधार-पत्रसमेत प्रस्तुत गर्नुभएको थियो । सो आधार-पत्रमा लिम्बुवानको ऐतिहासिक पृष्ठभूमि, लालमोहर र लिम्बुवान, संघीयता, लिम्बुवान नामाकरण तथा सिमाङ्कन र बहुलवादमा आधारित समावेशी लिम्बुवानबारे प्रष्ट्याएको छ । कार्यक्रममा राजनीतिक दल, नागरिक समाज, संघ-संस्था, सरोकारवाला र र्सवसाधारणको सहभागिता रहेको सो कार्यक्रममा सहभागीबाट सोधिएका जिज्ञासाहरूको प्रत्युत्तरसमेत प्रस्तोता कुरुम्बाङद्वारा गरिएको थियो ।
No comments:
Post a Comment