लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण २३ - प्रधानमन्त्री तथा कुलपति झलनाथ खनालले सोमबार सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्ति गरेका छन् । उनका प्रबक्ता जगदीश रेग्मीले जारी गरेको बिज्ञप्ति अनुसार त्रिभुवन विश्वविद्यालयमा कीर्तिपुरका प्रा. डा. हिरा महर्जन, पूर्वाञ्चल विश्वविद्यालयमा कोटेश्वरका प्रा. महेश्वरमान श्रेष्ठ, नेपाल संस्कृत विश्वविद्यालयमा गोरखाका प्रा. डा. शिवहरि मरहा, पोखरा विश्वविद्यालयमा ललितपुरका प्रा. खगेन्द्रप्रसाद भट्टराई, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा नयाँ बानेश्वरका प्रा. डा. कैलाशनाथ प्याकुरेल, सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा दार्चुलाका डा. जयराज अवस्थी र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा सुर्खेतका प्रा. डा. पदमलाल देवकोटा रहेका छन् । मध्यपश्चिम, सुदूर पश्चिम र कृषी तथा वन सरकारले गतवर्ष बजेटभाषणमार्फत स्थापना गरेको भएपनि उपकुलपति नियुक्ती हुन सकेको थिएन । विगत एक बर्षदेखि उपकुलपति नियुक्ती हुन नसक्दा विश्वविद्यालयहरुको कामकाज ठप्प थियो । गत बैशाख १३ गतेदेखि अन्य चार विश्वविद्यालयका उपकूलपतिहरुसमेत खाली छन् ।
No comments:
Post a Comment