News

Aug 10, 2011

हंगकंगमा डा.कृष्ण भट्टचनसंग अन्तर्क्रिया सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आदिबासी जनजाति महासंघ र आदिबासी जनजाति पत्रकार संघ हंगकंग (अनिज)को सयुक्त आयोजनामा डा.कृष्ण भट्टचनसंग अन्तर्क्रिया सम्पन्न गर्यो । उक्त कार्यक्रममा महासंघका अध्यक्ष एमबि थापामगरको अध्यक्षतामा र प्रमुख अतिथिमा नेपालबाट आउनु भएका डा.कृष्ण भट्टचन रहनु भएको थियो। अन्य अतिथिहरुमा आदिवासी जनजाति महासंघ नेपालका पुर्व केन्द्रिय सचिव भक्त दुरा र आदिवासी जनजाति पत्रकार संघ नेपालका पुर्व सस्थापक सदस्य जे.बी पुनमगर रहनु भएको थियो भने अन्य अतिथिहरुमा सस्थाका सल्हाकार नरहाङ राई नेपाली महासंघ हंगकंगका अध्यक्ष प्रदिप थापामगर लगायत बिभिन अन्य जातिय, सस्थाको अध्यक्ष लगायतको उपस्थित रहेको थियो। कार्यक्रमको सुरुमा महासंघका अध्यक्ष एमबि थापामगर र अनिजका सस्थापक सदस्य जे.बी पुनमगरले खादा ओढायर सम्मान गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि डा. भट्टचनले “नयां संविधानको हात्ती आउंदा आदिवासी जनजातिको अधिकार फुस्स होला की नहोला” भन्ने कार्यपत्र प्रस्तुत गरेका थिए।कार्यक्रम हिन्सको कार्यलय याउमातेई मा सम्पन्न भएको थियो उक्त कार्यक्रमलाई आदिबासी जनजाति पत्रकार संघका सचिब अधिराज राई "प्रकाश" ले सञ्चालन गरेका थिए।

No comments: