लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण २३ - नयाँ संविधानमा आदिवासी जनजातिका हक अधिकार सुनिश्चित हुनुपर्ने कुरामा जोड दिदै हङकङमा आइतबार १७ औं विश्व आदिवासी दिवस मनाइयो । जनजातिहरुको उल्लेख्य बसोबास रहेको यहाँ सहभागी अधिकांश आ–आफ्ना जातीय परम्परा र संस्कृति झल्कने पहिरनमा थिए । नेपाली आदिवासी जनजाति महासंघ हङकङद्वारा आयोजित समारोहमा राई, गुरुङ, मगर, तामाङ, लिम्बू, दुरा, सुनवार, शेर्पा, नेवार लगायतका परम्परागत पोसाक, नृत्य तथा झाँकी प्रस्तुत गरिएका थिए । मौलिक संस्कृतिका धनी जनजातिहरुले राष्ट्रिय झण्डा फहराउदै परम्परागत भेषभूषामा सजिएर मंचमा उक्लदा दर्शकहरुले समेत जोसिलो तालि बजाएर हौंस्याए । डा. कृष्णबहादुर भट्टचनले निर्माणाधिन संविधानमा जनजातिका हक अधिकार बारे दलहरु गम्भीर नभए मुलुक ठूलो दुर्घटना पर्न सक्ने बताए । समाजशास्त्री भट्टचन कार्यक्रममा सहभागिता जनाउन नेपालबाटै आइपुगेका हुन् । संविधानसभामा जनजातिको प्रतिनिधित्व गर्ने २१८ सभासद भएपनि सबै पार्टीप्रतिनै बफादार रहेको उनको आरोप थियो । मुख्य राजनीतिक दलहरुले जनजातिका मागहरुलाई अगाडि बढाउनै नचाहेको समेत उनले बताए । माओवादीले जनयुद्धकालमा जनताका मन जित्न जातीय मुद्दाहरुलाई अघि सारेका भएपनि राजनीतिक मुलधारमा आइसकेपछि सबै कुरा विर्सदै पुरातनवादी सोचमा लम्किरहेको उनको भनाई थियो ।
No comments:
Post a Comment