लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण २५ - ऊर्जा मन्त्री गोकर्ण विष्टकै उपस्थितिमा विजुलीको महसुल नबुझाउने राजधानीका दुई सरकारी कार्यालयको लाइन काटिएको छ । तीमध्ये एउटा मुलुककै प्रशानिक केन्द्र सिंहदरवारभित्रै छ । महसुल नबुझाउने बबरमहलस्थित सडक विभागको लाइन बुधबार दिउँसो काटिएको छ । लाइन काट्दा ऊर्जा मन्त्री विष्ट, सचिव वालानन्द पौडेल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दिपेन्द्रनाथ शर्मासहित प्राधिकरण अधिकारी र दर्जन बढी कर्मचारी सहभागी थिए । प्राधिकरणका अनुसार सडक विभागले ४ लाख ७० हजार ६ सय ४० रुपैयाँ ५० पैशा र विभाग अन्तर्गतको सडक बत्ति निर्माण परियोजनाको समेत २ लाख ९१ हजार ९ सय ७५ रुपैयाँ बक्यौता तिर्न बाँकी छ । यसैगरी ऊर्जा मन्त्री विष्टकै उपस्थितिमा सिंहदरवारभित्र रहेको सिंहदरवार सचिवालय पुनःनिर्माण समितिको लाइन पनि काटिएको छ । उक्त कार्यालयले तीन लाख ५८ हजार ८ सय ५ रुपैयाँ २४ पैशा बक्यौता बुझाउन बाँकी थियो । मन्त्री विष्टले कार्यालयको एमसीबी बोर्डको स्विच अफ गरेर लाइन काटेका थिए । दुवै कार्यालय भौतिक योजना तथा निर्माण मन्त्रालय अन्र्तगतका हुन् । मन्त्रालयमार्फत पटक पटक आग्रह गर्दा पनि नटेरेपछि लाइन काटिएको ऊर्जा मन्त्री विष्टले जानकारी दिए ।
No comments:
Post a Comment