लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण २३ - नेपाली युवा क्रिकेटरले सन् २०१२ मा हुने आईसीसी यू-१९ विश्वकप सहभागिता आइतबार पक्का गरेका छन् । आयरल्यान्डमा जारी छनोट प्रतियोगितामा पपुवा न्युगिनीमाथि २८ रनको जित हात पारेपछि नेपाल छैटौंपल्ट युवा विश्वकपमा खेल्ने पक्का भएको हो । दस टिम सम्मिलित राउन्ड रोबिन लिगमा आठ खेल खेलिसकेको नेपालको यो छैटौं जित हो । स्कटल्यान्ड र क्यानडासँग हार बेहोरेको नेपालले पपुवा न्युगिनीसहित अफगानिस्तान, केन्या, नामिबिया, भानुआतु र आयरल्यान्डमाथि जित दर्ता गर्यो । अब अन्तिम खेलमा नेपालले मंगलबार अमेरिकाको सामना गर्नेछ । नेपाल १२ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा छ भने स्कटल्यान्ड १४ अंकसहित पहिलोमा छ । त्यस्तै आयरल्यान्ड तेस्रो, अफगानिस्तान चौथो, अमेरिका पाँचौं र पपुवा न्युगिनी छैटौं स्थानमा छन् । लिगका उत्कृष्ट छ टिमले विश्वकमा स्थान पाउनेछन् ।
No comments:
Post a Comment