News

Aug 11, 2011

एसएसबी ज्यादतीको बिरुद्धमा मानेभञ्ज्याङ बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अतिनै ज्यादती गर्न थालेकोले सहन नसकिने भन्दै मानेभञ्ज्याङका स्थानीय बासिन्दा र व्यापारीले अनिश्चितकालीन रुपमा बजार बन्द गराएका छन् । सएसबीका जवानहरूले नेपाली व्यापारीलाई दुःख दिने गरेकाले उनीहरूले विगत चार दिनदेखि अनिश्चितकालीन मानेभञ्ज्याङ बन्द गराएका हुन् । नेपालका व्यापारी तथा सर्वसाधारणले लगेको घ्यु, छुर्पी, सेरगम, अदुवा, अलैँची, सागसब्जीलगायतका खाद्य सामग्रीसमेत एसएसबीका जवानले लैजाने गरेको व्यापारी चन्दन प्रधानले बताए । भारतीय बजारमा बिक्रीका लागि लैजान सङ्कलन गरिएको खाद्य सामग्रीमा समेत एसएसबीले कर लगाउने गरेको छ । बजार बन्द हुँदा दैनिक लाखौँको घाटा हुने गरेको व्यापारीहरू बताउँछन् । एसएसबीका जवानहरूलाई वार्षिक २० हजार भारू (नेपाली ३२ हजार) रूपैयाँ कर तिरे पनि अझ बढी माग्न थालेका र खाद्य सामग्रीसमेत खोस्ने गरेकाले नाका बन्द गरिएको अर्का व्यापारी पुजन प्रधानले बताए । मानेभञ्ज्याङ बजार बन्द हुँदा इलामको सन्दकपुर, जोगमाई, गोर्खे, नयाँबजारलगायतका सर्वसाधाण मारमा परेका छन् । सन्दकपुर, दार्जिलिङ, सिलिगुढी जाने मुख्य नाका भएकाले पर्यटकलाई समेत आनजाउमा समस्या भएको छ ।

No comments: