News

Aug 5, 2011

अन्योलमा राज्यपुनर्संरचना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण १९,राज्यपुनर्संरचना आयोग गठन गर्ने विषयमा दलहरूबीच सहमति नजुटेपछि ससम्बन्धी संवैधानिक व्यवस्था खारेज गर्ने विकल्प अघि सारिएको छ । आयोगको साटो संविधानसभाले विज्ञहरूको टोली बनाएर संघीय इकाईका रूपमा प्रदेश निर्माणको ढोका खोल्ने प्रस्ताव अघि सारिएको हो । आयोग गठनमा विवाद बढेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रमुख तीन दल र लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलहरूको बैठकमा बिहीबार संविधान संशोधन गरी आयोग खारेज गर्ने प्रस्ताव राखेका हुन् । दाहालको प्रस्तावप्रति प्रधानमन्त्री झलनाथ खनालसमेत सकारात्मक रहेको स्रोतको दाबी छ । सभामुख सुवास नेम्वाङको पहलमा भएको बैठकमा राज्यपुनर्संरचना आयोग गठन गर्नुपर्ने कांग्रेस-एमालेको आग्रहलाई मधेसी दलहरूले अस्वीकार गरेपछि यसको विकल्पमा बहस भएको हो । 'आयोग गठनमा सहमति हँुदैहुन्न भने कति छलफल गर्ने,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'बीचको बाटो खोजौं ।

No comments: