News

Aug 5, 2011

सङखुवासभाको चैनपुरमा लिम्बुवान कार्यकर्ताहरू प्रशिक्षित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी लिम्बू
चैनपुर, सङखुवासभा,१९ साउन २०६८,लिम्बुवान आन्दोलनलाई अझ सशक्त र ब्यबस्थित गर्दै संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता एवं आत्मनिर्णयको अधिकार र स्वशासनसहितको संखुवा अरुणपूर्व नौ जिल्ला लिम्बुवानको संवैधानिक सुनिश्चितता गर्नेक्रममा संघीय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदले संखुवासभाको चैनपुरमा यही साउन १८ र १९ गते दुई दिने अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम पूरा गरेको छ |मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति संखुवासभाको आयोजनामा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रमका पृमुख प्रशिक्षक मञ्चका अध्यक्ष मण्डल सदस्य तथा परिषद्का केन्द्रीय अध्यक्ष कुमार लिङदेन 'मिराक' र सहायक प्रशिक्षकमा परिषद्का महासचिव तथा एलभी कमान्डर फक्ताङलुङ योङहाङ रहेका थिए | एकसयभन्दा धेरै स्थानीय नेतृत्व तथा कार्यकर्ताहरूको सहभागिता रहेको उक्त लिम्बुवानी प्रशिक्षण कार्यक्रममा संघीय याक्खा स्यायत्त परिषदका नेता तथा कार्यकर्ताहरूको पनि उल्लेख्य सहभागिरा रहेको थियो |मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति संखुवासभा जिल्लाका अध्यक्ष इन्द्रमान लिङथेप लिम्बूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लिम्बुवानअन्तर्गत संघीय याक्खा स्वायत्त परिसदका सचिब शान्त याक्खाद्वारा स्वागत मन्तव्यले सम्पूर्ण प्रशिक्षक अतिथि तथा सहभागीहरूलाई स्वागत गरिएको थियो | सो कार्यक्रमको संचालन परिषद्का जिल्ला सचिव शशी लिङदपले गरेका थिए |

No comments: