News

Jan 1, 2011

कैलाली उद्योग बाणिज्य संघ द्वारा आन्दोलनको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सेति महाकाली ट्रक ब्यबशायी संघले लगाएको सिन्डिकेट प्रणालीको खारेजिको माग गर्दै कैलाली उद्योग बाणिज्य संघले आन्दोलनको घोषणा गरेको छ । ट्रक ब्यबशायी संघ र उद्योग बणिज्य संघ बिच भएको सहमती ट्रक ब्यबशायी संघले उल्लंघन गरेको भन्दै आन्दोलनमा उत्रिएको महासचिव मोहनराज शर्माले जानकारी दिनुभयो । आलोपालो सिन्डिकेट प्रणालिको बिरोध कैलाली उद्योग बाणिज्य संघले आजदेखि आयात निर्यात मा लोड अनलोड बन्द गरेको हो । यस्तै भोलिदेखि जिल्ला प्रशासन कार्यालयमा ११५ जना उद्योगि ब्यापारिको साँचो बुझाएर अनिश्चितकालिन धर्नामा बस्ने उद्योग बाणिज्य संघले जनाएको छ ।

No comments: