News

Jan 1, 2011

हिपातका कारण हिमाली भेगको जनजिवन कष्टर बन्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालका पश्चिमी हिमाली भेगमा हिमपात हुने क्रम शुरु भएको छ। हिमपातसंगै देशका हिमाली जिल्लामा यसको प्रभाव देखा परेको छ। हिपातका कारण हिमाली भेगको जनजिवन कष्टर बन्दै गएको छ । मध्य तथा सुदुर पश्चिमका हिमाली जिल्लाहरु मुगु, हुम्ला, जुम्ला, डोल्पा, मुस्ताङ लगायत हिमाली जिल्लाहरुमा हिमपात शुरु भएको हो। मुगुको ताल्चा बिमान स्थल, मुस्ताङको जोमसोम बिमानस्थल, जुम्ला बिमानस्थलमा हिमपातका कारण हवाइ सेवा अवरुद्ध भएको छ। ती क्षेत्रमा चार इन्चदेखि एक फिटसम्म हिउँ थुप्रिएको छ। दोस्रो चरणको पश्चिमी वायुको प्रभावसंगै हिमापात शूरु भएको हो। भारतको उत्तर पश्चिमी हिमाली क्षेत्र हुदैं नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमश अगाडी बढ्ने क्रममा छ। मौसमवीदहरुका अनुसार पश्चिमी हिमाली क्षेत्रको मौसम थप केही दिन प्रतिकुल रहन सक्ने छ।

No comments: