लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माल्दिभ्सले १७औँ सार्क सम्मेलन आगामी २०११ को नोभेम्बर १०-११ मा आयोजना गर्ने भएको छ । यसअघि माल्दिभ्सले आर्थिक मन्दीका कारण १६औँ सार्क आयोजना गर्न नसक्ने जनाएकाले भूटानले सो सम्मेलनको आयोजना गरेको थियो । हालैको एक रेडियो सम्बोधनमा माल्दिभ्सका राष्ट्रपति मोहमद नासिदले सरकारले दक्षिणी प्रान्तमा सम्मेलन आयोजना गर्ने बताउनुभएको थियो । यसपटक हुने सार्क सम्मेलन प्रथमपटक दक्षिणी गोलार्धमा हुने भएको छ, जबकि सार्कका एक बाहेक सबै राष्ट्र उत्तरी गोलार्धमा पर्दछन् ।
सार्कले आफ्नो २५ वर्षे इतिहासमा पहिलो महिला महासचिव माल्दिभ्सबाट पाउने भएको छ । माल्दिभ्सकी पूर्वमहान्यायाधिवक्ता ३६ बर्षिया फथिमाथ धियाना सइदलाई महासचिवको रूपमा मनोनयन गरी स्वीकृतिका लागि माल्दिभ्सले सदस्य राष्ट्रमा पठाएको छ । उनलाई भूटानमा जनवरी २५ मा हुने मन्त्रीस्तरीय बैठकले अनुमोदन गरेपछि मार्च १ देखि कार्यभार सम्हाल्ने सार्कका निर्देशकले बताएका छन् ।

No comments:
Post a Comment