News

Jan 3, 2011

गृहमन्त्री बैतडीलाई काखी च्याप्दै / प्रहरीमा भाँडभैलो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुलुकको शान्तिसुरक्षा कायम गर्ने गहन जिम्मेवारी लिएको नेपाल प्रहरीलाई राजनीतिक दलले भ्रातृ संगठनका रुपमा परिचालन गरेपछि सो संगठनमा भाँडभैलो शुरु भएको छ। गृहमन्त्री भीम रावलले बैतडी सुदूरपश्चिम लाई मात्रै काखी च्यापेपछि प्रहरी संगठन दुई समूहमा विभाजित हुन पुगेको छ।गृहमन्त्री रावल गृहसचिव डा। गोविन्द कुसुम र प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीले प्रहरी संगठनभित्र पश्चिम र सुदूरपश्चिमकालाई मात्रै राम्रो ठाउँमा सरुवा गर्ने र बढुवामा समेत पक्षपात गरेपछि प्रहरीभित्र अहिले गुटबन्दी शुरु भएको छ। मुलुकमा अपराध गर्ने अपराधीहरुले आफ्नो अपराधकर्मलाई नयाँ प्रविधि प्रयोग गरेका भए पनि प्रहरी संगठनमा भने कसैलाई काखा कसैलाई पाखा गर्ने प्रवृत्ति मौलाएको भन्दै थुप्रै वरिष्ठ अधिकृतहरु निराश भएका छन्।गृहमन्त्री रावलले आफूले भनेबमोजिमको काम नगरेको भन्दै प्रहरी अतिरिक्त महानिरीक्षक रवीन्द्रप्रताप शाहलाई मानवस्रोत विभागबाट हटाई आफ्नो अनुकूलका प्रहरी अतिरिक्त महानिरीक्षक मदन खड्कालाई सो विभागमा ल्याउनुका साथै अन्य सरुवा बढुवा र संयुक्त राष्ट्रसंघको मिसनमा समेत आफूअनुकूलका अधिकृत तथा जवानको छनोट गर्ने तयारी भइरहेको एक प्रहरी अधिकारीले जानकारी दिए। प्रहरीले राष्ट्रसंघको अनुरोधमा क्यारेबियन राष्ट्र हाइटी र अफ्रिकी मुलुक सुडानमा १ सय ४० जनाका दरले प्रहरी अधिकृतदेखि जवानसम्मको छनोट गर्न लागेको छ।गृहमन्त्री गृहसचिव र प्रहरी महानिरीक्षकको सिफारिसमा मिसनका लागि २ सय ८० जना प्रहरी अधिकृत तथा जवानको छनोट हुँदै छ। गृहमन्त्री रावल नियुक्त भएर आएको केही महिनासम्म उनले प्रहरी संगठनलाई केही गर्न खोजेजस्तो गरे पनि अहिले आफ्नो क्षेत्रका मानिसलाई मात्रै सबै ठाउँमा अवसर दिने र अन्यलाई भने लखेट्ने काम गरेको ती अधिकारी बताउँछन्।

No comments: