लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ऊर्जा मन्त्रालयले जलविद्युत् आयोजनाको लाइसेन्स वितरणका लागि निर्माण गरेको नयाँ कार्यविधिका सम्बन्धमा आज आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जबाफ दिने भएको छ। मन्त्रालयले लाइसेन्स दिने क्रमलाई केही दिन स्थगन गरी नयाँ कार्यविधि निर्माण गरेको सम्बन्धमा अख्तियारले जानकारी माग गरी पत्र पठाएपछि मन्त्रालयले नयाँ लाइसेन्स दिँदा पुराना लाइसेन्स नवीकरण गर्दा र लाइसेन्स खारेज गर्दा अनियमितता भएको गुनासो आएका कारण पुनर्मूल्यांकन गर्न र नयाँ कार्यविधि तय गर्न केही दिन स्थगन गरी पुनः शुरु गरिएको जबाफ दिने तयारी गरेको छ।विगतमा विभागले गरेको सिफारिसका आधारमा मन्त्रालयका सचिवले सोझै लाइसेन्स दिन सक्ने व्यवस्था भएकोमा निवर्तमान सचिव शंकर कोइरालाले व्यापक अनियमितता गरेको भनी असन्तुष्टि व्यक्त गर्दै ऊर्जामन्त्री डा. प्रकाशशरण महतले लाइसेन्स वितरणलाई स्थगन गरी कार्यविधिको पुनर्मूल्यांकन गराउनुभएको थियो।
No comments:
Post a Comment