News

Jan 2, 2011

भारतीय विधायक हतियारसहित आएपछि तनाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर, पुस १८ - भारतीय विधायक सरफराद आलम शनिबार सप्तरीमा सुरक्षागार्डसहित प्रवेश गरेपछि तनाव भएको छ । सुरक्षागार्ड र हतियारको तस्बिर लिन खोज्ने नेपाली पत्रकारलाई आलमका सहयोगीले धम्क्याएर लखेटेका थिए । प्रत्यक्षदर्शीका अनुसार सप्तरीको भारदहस्थित गोलघरमा वनभोज मनाउने क्रममा आएका विधायक आलमका सुरक्षागार्ड हतियारसहित थिए । नेपाली पत्रकारले उनीहरूको तस्बिर खिचेका थिए । सोही क्रममा पत्रकार वैजनाथ झाले तस्बिर लिँदा सभासदका सहयोगीहरूले हप्काईदप्काई गरेका थिए । स्रोतका अनुसार भारतीय विधायक सुरक्षागार्डसहित नेपाल प्रवेश गरेको खबर काठमाडाडौ सम्म पुगेपछि गृह मन्त्रालयको निर्देशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर सभासदको डब्लू बी ७४-२४८२ नम्बर गाडी घेराउ गरेको थियो । शनिबार र अंग्रेजी नयाँ वर्ष परेकाले उक्त स्थानमा वनभोज जानेहरूको घुइँचो थियो । पत्रकार महासंघ सप्तरी शाखासम्बद्ध पत्रकारहरू पनि परिवारसहित वनभोज मनाउन गएका थिए ।
विधायकका सहयोगीले पत्रकार झालाई धम्की दिएपछि उनी सप्तरीबाट विस्थापित भएका छन् । उनले शनिबार अबेर कान्तिपुरसित कुरा गर्दै भने, 'म त साथीहरूको सहयोगमा जोगिएँ तर मेरा परिवार कहाँ छन् भन्ने अझै थाहा छैन ।' हतियारसहितको तस्बिर लिएपछि विधायकसित आएका भारतीय सुरक्षाकर्मीले 'नेपाली पत्रकार को-को छन् यहाँ ?' भन्दै सोधखोज गरेका थिए । हतियारसहितका उनीहरू आक्रामक रूपमा प्रस्तुत भएपछि पत्रकारहरूको भागाभाग भएको थियो । भारतीय सुरक्षाकर्मीसँग एसएलआर लगायत हतियार रहेको नेपाल प्रहरीका एक अधिकृतले बताए ।

No comments: