News

Jan 3, 2011

भट्टराईको फरक मत तल्लो तहसम्म लगिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस १९ - माओवादी उपाध्यक्ष बाबुराम भट्टराईको फरक मतलाई पार्टीको तल्लो तहसम्म लगिने भएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र भट्टराईको फरक मतलाई तल्लो तहसम्म लैजाने निर्णय भएको छ । दाहालले अर्का उपाध्यक्ष मोहन वैद्य को प्रतिवेदनलाई समेटेर सोमबारको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पढेर सुनाए । केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले अन्तरसंघर्षबारे छलफलका लागि पाँच बुँदा तय गरेका छन् । 'त्यसमा राजनीतिक प्रतिवेदनसहित नेताहरुले बाहिर बोलेका कुराहरु छन्,' बैठकपछि प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । मंगलबार बस्ने बैठकले दाहालको प्रस्ताव पारित गर्ने उनले जानकारी दिए । ढिलो गरी सुरु भएको माओवादी केन्द्रीय समिति बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

No comments: