News

Jan 4, 2011

पुनः नेपाल प्रहरीमा फेरि मनोमानी बढुवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २० - गृह मन्त्रालयले मंगलवार पुनः नेपाल प्रहरीको डिएसपीबाट एसपीमा २५ जनाको मनोमानी बढुवा गरको छ । गृह मन्त्री भीम रावल र प्रहरी महानिरिक्षक रमेश चन्दले दक्षलाई भन्दा आफू निकट र सुदुर पश्चिम क्षेत्रका अधिकृतहरुलाई अधिल्लो बरियतामा राख्दै बढुवाका सूची सार्वजनिक गरेको छ ।
त्यसरी बढुवा हुनेहरुमा बरियताक्रम अनुसार दिलिप चौधरी, शैलेश थापा, निरज शाही रविन्द्र रेग्मी विभूति पाण्डे पहिलो पाँचमा परेका छन । एक नम्बरमा रहेका चौधरी उपप्रधानमन्त्री बिजय गच्छदारका ज्वाई हुन् । उनलाई यसअघि नै गच्छदारको दवावमा कायम मुकायम दिइएको थियो । चौधरी वानेश्वर वृत्तमा कार्यरत रहदा भीड नियन्त्रण गर्ने क्रममा भाग्दा लडेर घाइते भएका थिए । घाइते भएकै कारण उनलाई गच्छदारले गृह मन्त्री रावललाई दवाव दिएर कायुम मुकायम एसपी बनाएका थिए ।
त्यसपछि क्रमश बढुवा हुनेहरुमा हरि पाल, प्रधुम्न कार्की, देवबहादुर बोहोरा, प्रकाश कार्की, पुरुषोत्तम कडेल, सौरभ राणा, शुरस बस्नेत, गणेश एर, गोविन्दराम दमाई, घनश्याम अर्याल, जगतमान श्रेष्ठ, दिवस उदास, लोकेन्द्र मल्ल, बसन्त पन्त, राजेन्द्र ढकाल, इश्वरबाबु कार्की, रामकृपाल शाह, भरतराज शर्मा, गिता उप्रेती, खिनु आचार्य छन् । एउटै समूहका बढुवा नपाउनेहरुमा कलरसिंह थापा, अजय भटृराई, बालकृष्ण थापा, प्रकाश अधिकारी छन् ।
बढुवामा घेरै अधिकृतहरुले कामको सही मुल्याकन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । विभिन्न जिल्लाको प्रमुख भई काम गरेको र दर्जनौं पुरस्कार पाएकाहरुलाई पछि पार्दै आफू निकटलाई वरियतामा अधि राखिएकोमा उनीहरुले असन्तोष व्यक्त गरेका हुन । यसअघि उत्कृष्ट कार्य गरेका काठमाडौंका एसपी रमेश खरेललाई एसएसपीमा बढुवा नदिदा गृह प्रशासन र प्रहरी प्रमुखको व्यापक आलोचना भएको थियो । उक्त आलोचना सेलाउन नपाउँदै गृहले पुनः यस्तो विवादास्पद निर्णय गरेको हो ।

No comments: