लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काँकडभिट्टा, पुस २० - सवारी चालक रिहाईको माग गर्दै माओवादीको निकट मजदुर संगठनले मंगलवारदेखि आव्हान गरेको अनिश्चितकालीन बन्दका कारण मेची अंचलको जनजीवन प्रभावित भएको छ । माओवादीको भ्रातृ संगठन अखिल नेपाल यातायात मजदुरसंघले मेचीनगर ११ का सवारी चालक सूर्य दंगालको रिहाईको माग गर्दै वन्द आव्हान गरेको हो । गत भदौमा मेचीनगर ११ कि र्सूयकुमारी पाण्डेलाई अंगभंग गरेको आरोपमा दंगाल हाल थुनामा छन् । उनको तत्काल रिहाई नभएसम्म वन्द जारी रहने मजदुर संघले जनाएको छ । एमाले र कांग्रेस निकट मजदुर संघले भने सोमवारै विज्ञप्ति जारी गरी बन्द नगर्ने जनाएका थिए ।
वन्दका कारण लामो तथा छोटो दुरीका सवारी आंशिक रुपमा मात्रै संचालन भएका थिए । वन्दले त्रिभुवन विश्वविद्यँलयद्धारा संचालित स्नातक तह दोश्राे वर्षा परीक्षार्थी प्रभावित भएका थिए । पूर्व पश्चिम राजमार्ग र मेची राजमार्ग दिनभर सुनसान देखिन्थे । झापाका मुख्य वजारहरुमा पनि वन्दको आंशिक प्रभाव परेको थियो । का“कडभिट्टामा सयौ वढी यात्रु अलपत्र परेका छन् । भारतको विभिन्न स्थानबाट घर फर्किएका उनीहरु गन्तव्यसम्म पुग्न नसक्दा अलपत्र परेको इलाका प्रहरी कार्यालयले जनाइएको छ । यसैवीच सवारीका चावि खोस्ने ७ जनालाई इलाका प्रहरी कार्यालय धुलावारीले नियन्त्रणमा लिएको जनाएको छ ।

No comments:
Post a Comment