लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २० - माओवादी अध्यक्ष पुष्पकमल दाहालको परिमार्जित राजनीतिक प्रतिवेदनप्रति उपाध्यक्ष बाबुराम भट्टराईले लिखितरुपमै अहमति जनाएका छन् । मंगलबारको केन्द्रीय समिति बैठकमा भट्टराईले अर्का उपाध्यक्ष मोहन वैद्यको प्रस्तावलाई मिलाएर दाहालले तयार गरेको प्रतिवेदनप्रति असहमति जनाएका हुन् । 'अध्यक्ष र वैद्यको परिमार्जित प्रतिवेदनको मुल स्प्रिटप्रति असहमति जनाउँदै कमरेड बाबुराम भट्टराईले अहमतिपत्र दर्ज गराउनुभएको छ,' बैठकपछि प्रवक्ता दीनानाथ शर्माले संवाददाताहरुसित भने । असहमतिपत्रमा तत्काल जनविद्रोहको कुरा छाडेर शान्ति र संविधानलाई केन्द्रविन्दु बनाएर अघि बढ्नुपर्ने, भारतलाई प्रधान अन्तरविरोध बनाउने समय नभएको उल्लेख गरेका छन् । दाहालले सोमबारको बैठकमा परिमार्जित प्रतिवेदन पढेर सुझाव मागेपछि भट्टराईले लिखितरुपमै 'नोट अफ डिसेन्ट' लेखेका हुन् ।
दाहालको प्रतिवेदनप्रति केन्द्रीय सदस्यहरुले बोल्नेक्रम भने मंगलबार सकिएको छ । ४० केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका छन् । माओवादी केन्द्रीय समिति बैठक बुधबार पनि जारी रहने प्रवक्ता शर्माले जानकारी दिए । बुधबारको बैठकमा अध्यक्ष दाहालले नेताहरुको जिज्ञासाको जवाफ दिने कार्यक्रम छ ।

No comments:
Post a Comment