लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल वायुसेवा निगमका निलम्बित कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारलगायत ६ जनाले आफूहरूलाई विपक्षी बनाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको कार्यविरुद्ध सर्वोच्च अदालतमा चुनौती दिएका छन्। कंसाकारलगायत निगमका ती ६ जनाले संयुक्त रूपमा शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरी अख्तियारको सो कार्यलाई चुनौती दिएका हुन्। रिट निवेदनमा पदाधिकारीविहीन अवस्थामा रहेको अख्तियारले मुद्दा दायर गर्ने हैसियत नराख्ने दाबी गरिएको छ। झन्डै एक वर्षघिदेखि अख्तियार पदाधिकारीविहीन अवस्थामा रहेको छ।अख्तियारका तत्कालीन कार्यवाहक प्रमुख आयुक्त ललितबहादुर लिम्बु र आयुक्त वेदप्रसाद शिवाकोटीले अवकाश लिनुअघि त्यहाँका सचिव भगवतीप्रसाद काŠलेलाई अधिकार प्रत्यायोजन गर्नुभएको थियो। त्यसरी अधिकार प्रत्यायोजन गरिएको विषय २०६६ साल पुस २७ गतेको नेपाल राजपत्रमा प्रकाशित भएको थियो। त्यस्तो प्रत्यायोजनले अदालतमा मुद्दा दायर गर्नेसम्मको अधिकार राख्ने नराख्ने भन्ने प्रश्न अब सर्वोच्च अदालत पुगेको छ।
No comments:
Post a Comment