News

Jan 7, 2011

दलहरुबीच सहमति हुन सकेन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दलहरुबीच सहमति हुन नसकेपछि नेपालस्थित राष्टसँघीय मिसन अनमिनको म्याद नथपिने लगभग निश्चित भएको छ । आज बसेको तीन दलको बैठकमा दलहरु आ आफ्नै अडानमा रहेकाले सहमति बन्न नसकेको हो । बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठ 'प्रकाश' ले अन्य दलहरुले देशलाई पुनः युद्धतर्फ धकेल्न उद्यत रहेको पुष्टी हुने बताउनुभयो । शान्तिप्रकृया भंग गरी मुलुकलाई फेरि द्धन्द्धमा फर्काउन काँग्रेस एमाले सक्रिय रहेको 'प्रकाश'को आरोप थियो । आजको बैठकमा माओवादीले अनमिनको ठाउँमा बैकल्पिक संयन्त्र खडा गर्न प्रस्ताव गरेको थियो । माओवादीले पछिल्ला शान्ति सम्झौताको पुनर्व्याख्या गर्न पनि माग गरेको छ । माओवादीले नेपाली सेनालाई पनि अनुगमनमा राख्नुपर्ने शर्त तेर्स्यायको छ ।

No comments: