News

Jan 7, 2011

माओवादी लडाकु शिविरबाट काठमाडौं फर्कने क्रम सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
म्याद नथप्ने भएपछि संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसन अनमिन कार्यालयका कर्मचारीहरु माओवादी लडाकु शिविरबाट काठमाडौं फर्कने क्रम सुरु भएको छ । विभिन्न शिविरमा हतियार अनुगमनका लागि खटिएका कर्मचारीहरुले काठमाडौं फर्केर आ-आफ्नो जिम्मामा रहेका सामान बुझाउन थालेका छन् । राष्ट्र सङ्घ संवद्ध अनमिनका दुईसय भन्दा बढी कर्मचारीहरुले जनवरी १६ अघि नै फर्कने तयारी गरेका छन् । अनमिनको म्याद सकिएपछि शान्ति प्रकृया र सेना समायोजनको प्रकृयालाई कसरी अगाडि बढाउने भन्ने विषयमा भने दलहरुबीच सहमति बनिसकेको छैन । अनमिन प्रमुख करिन लनग्रेनले अस्ति बसेको सुरक्षा परिषद्को बैठकमा अनमिनको बहिर्गमनले नेपालको शान्ति प्रकृया असफल हुनसक्ने धारणा सहितको प्रतिवेदन राख्नुभएको थियो । यही पुस मसान्तमा अनमिनको म्याद सकिँदै छ ।

No comments: