लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिरियामा राष्ट्रपति असर अल असदले मुलुकमा वहुदलिय प्रतिस्पर्धालाई स्विकृत दिने घोषणा गर्नुभएको छ । राष्ट्रपतिको यो कदमप्रती अधिकारकर्मीहरुले आशंका व्यक्त गरेका छन् । उनीहरुले आन्दोलनमाथि हिंसात्मक दमन भइरहेको वेला अन्यत्र ध्यान मोड्न राष्ट्रपतिले यो कदम चालेको भन्दै अस्विकार गरेका छन् । सिरियामा १९६३ देखि असदको सत्तारुढ पार्टीले एकलौटी रुपमा सत्ता चलाइरहेको छ । एक दलिय व्यवस्था अन्त्य गर्नु सरकार विरोधी आन्दोलनकारीको मुख्य माग हो । यता सरकारको दमन जारी रहे राष्ट्रसंघ सुरक्षा परिषदले थप कारवाही गर्न सक्ने फ्रान्सले जनाएको छ । सैन्य आक्रमणमा परि हालसम्ममा दर्जनौले ज्यान गुमाइसकेका छन् ।
No comments:
Post a Comment